दिपजङ्ग शाह
मंसिर १४, दोहा /
विकृतिका रूपमा समेत मुल्यांकन गरिने टिकटकलाई सदुपयोग गर्दै सामाजिक कार्यमा सहजीकरण गर्न सकिन्छ भन्ने प्रमाणित गरेका छन् दङाली बाबुका नामले परिचित योगेश श्रेष्ठले। हाँस्य विधालाई अङ्गीकार गर्दै त्यस तर्फ निपुर्णता दिने यात्रामा रहेका श्रेष्ठको नेतृत्व तथा डि आर के ग्रुपको सक्रियतामा पोल्यान्डमा उपचारार्थ रहेकी नेपालकी छोरी १३ महिने बालिका सियोना श्रेष्ठलाई आर्थिक सहयोग प्राप्त भएको छ।
“सियोना श्रेष्ठ बचाउ” भन्ने अभियानलाई लिएर श्रेष्ठले टिकटक मार्फत सबैलाई आह्वान गरेका थिए। उनको यस अभियानलाई साथ दिदै अगाडि बढेको डिआरके समूहलाई ४ हप्ताभित्र विदाको समय पारी ४ वटा शुक्रबारमा नेपाली रूपैयाँ १० लाख भन्दा धेरै प्राप्त भएको थियो। संक्षिप्त कुराकानी गर्दै श्रेष्ठले भने “म सामान्य बालुवा घारीमा काम गर्ने व्यक्तिलाई यत्रो विश्वास गरेर संसार भरबाट यत्रो पैसा आउँछ भन्ने सोचेकै थिएँन,” उनले थपे, “मलाई विश्वास गरेर सहयोग गर्ने अष्ट्रेलिया, कोरिया, साउदी लगायत सम्पूर्ण कतारवासी सहयोगी मनहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। उहाँहरूले अहोरात्र गरेको मेहनतलेमात्र यत्ती छोटो समयमा उल्लेखनीय सफला प्राप्त भएको हो। अझै सहायोग प्राप्त हुने क्रम जारी नै छ । साथै यो विश्वासलाई शक्तिमा बदल्ने प्रतिवद्धता गर्दछु।´´
सियोनाको लागि संसारभरबाट नेपाली रुपैयाँ १३ करोड भन्दा बढी सहयोग प्राप्त भैसकेको र अझै त्यति नै सहयोग आवश्यक परेको हुँदा यो पहिलो चरणको सहयोग भएको र यसको लागि थप योजना समेत रहेको डि आर के समुहका सल्लाहकार राजन चापागाईले जानकारी दिए। उनले थपे, “प्रदेशमा रही कुनै पनि विषम परिस्थिति सिर्जना भएमा हामी सक्रिय भएर लाग्ने छौं। “
अभियानमा समुहका केशब राज भुसाल, दीपक बीसी ,गिरिराज केसी, अनिल कुमार, बिक्रम उपरकोटी, सरिता दर्जी ,छबिलाल परियार अथवा डि आर के समुह कतारबाट नेपालीहरुको दुख सुखको चौतारी बनेको चर्चित कार्यक्रम इन्द्रेणीका कुशल सञ्चालक कृष्ण कँडेलको नाममा रु ५ लाख ५ सय ५८ र नबराज तिमिल्सिनाको नाममा ५ लाख २० हजार गरी जम्मा नेपाली रुपैया १० लख २५ हजार ६ सय ५८ रुपैयाँ पठाईएको र यस मध्ये २० हजार इन्द्रेणीको व्यवस्थापनका लागि र बाँकी रकम सियोनाको पचारमा खर्च हुने दाङ देउखुरी सेवा समाज कतारका उपाध्यक्ष छबिलाल बुढाथोकीले जानकारी दिए।
इन्द्रेणी समुहले श्रेष्ठको घर परिवारलाई एक कार्यक्रमका विच विभिन्न क्षेत्रबाट आएको सहयोगलाई एकीकृत गरी हस्तान्तरण गरिने कार्यक्रम रहेको इन्द्रेणी श्रोतले बताएको छ।