स्वयम्भु बचाऔं अभियानद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

स्वयम्भु बचाऔं अभियानद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

    मा प्रकाशित

कनिका खबर
मंसिर १४, काठमाडौं

स्वयम्भु विश्व सम्पदा क्षेत्र बचाऔं अभियानले दुई हप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सडक विभागले कलंकी–चाबहिल सडक विस्तारको क्रममा विश्व सम्पदामा सूचिकृत संरचना भत्काउन लागेको भन्दै अभियानले दीप प्रज्वलन, मौन ¥याली, हस्ताक्षर संकलन लगायतका कार्यक्रम सार्वजनिक गरेको हो । विश्वसम्पदामा सूचीकृत स्ययम्भु क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र साङ्गे तोङ्कु (हजार मुर्ति सहितको स्तुपा) समेत भत्काउन गइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको अभियानका अध्यक्ष आचार्य नोर्बु शेर्पाले बताउनुभयो । अभियानले मंसिर २० गते स्वयम्भु, बौद्ध र लुम्बिनीमा दीप प्रज्वलन र मंसिर २७ गते स्वयम्भु परिसरमा शान्तिपूर्ण मौन ¥याली गर्ने भएको छ । प्रधानमन्त्री, संस्कृति मन्त्री, भौतिक पूर्वाधार मन्त्री, सडक विभाग, काठमाडौं महानगरपालिका, पुरातत्व विभाग, युनेस्को लगायतलाई ज्ञापनपत्र बुझाउने र मंसिर महिनाभरी हस्ताक्षर अभियान सञ्चालन गर्न लागेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । मंसिर ५ गते स्वयम्भुस्थित मनाङ समाज सेवाको गुम्बामा बसेको विभिन्न धार्मिक, सांस्कृतिक, सामाजिक संघ संस्था, गोन्पा, गुठीको भेलाले स्वयम्भु विश्वसम्पदा क्षेत्र बचाऔं अभियान’ गठन गरेको थियो । त्यसक्षेत्र भित्र रहेका हातेमणि र हजार बुद्ध सहितको ७५ फिटको अग्लो विशाल नमुना बौधिचैत्य सहितको पर्खाल समेत भत्काउने धार्मिक–सांस्कृतिक सम्पदा संरक्षण विरोधी कदम अविलम्ब रोक्न सरकार र सम्बन्धित निकायलाई विशेष आग्रह गर्दछौं ।’ अभियानद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्