मा प्रकाशित
कनिका खबर
मंसिर १४, धादिङ
धादिङको सिद्धलेक गाउँपालिकास्थित नलाङमा बहुलाहा कुकुरको आतङक फैलिएको छ । हिजो नलाङका ९ जनालाई बहुलाहा कुकुरले टोके पछि अन्य कुकुरलाई समेत रेविजको जोखिम बढेकोले स्थानीय आतङकित बनेका छन् । गाउँपालिकाका कृषि शाखा तथा पशु विकास शाखाका अधिकृत छविलाल गुरुङले यस विषयमा आफुलाई वडा अध्यक्षले कुनै पनि जानकारी नदिएको बताउनुभएको छ । वडा अध्यक्षले जानकारी नगराएपछि यस विषयमा अनविज्ञ रहेको गुरुङको भनाइ छ ।


