लकडाउनपछिको पूर्व तयारीमा मसरुम कटेज – Kanika Khabar
Friday, March 29Nepali News Portal

लकडाउनपछिको पूर्व तयारीमा मसरुम कटेज

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ४, दाङ ।
विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण यतिबेला विश्व नै ठप्प प्रायः बनेको छ । उद्योग, कलकारखाना, शिक्षा, व्यापारलगायतका सबै गतिविधिहरु ठप्प भएका छन् ।


व्यापार व्यवसाय, शिक्षा क्षेत्र त झनै मारमा परेका छन् । होटल व्यवसाय पनि ठूलो मारमा परेका छन् ।

जिल्लामा दुई वर्ष अघि खुलेको मसुरुम कटेज पनि यतिबेला कोभिडको मारमा परेको छ । घोराही उपमहानगरपालिका वडा नंंं ६ गुरुवागाउँमा रहेको कटेज आजभोलि सुनसान छ । सधै मसरुम, बदिया कुखरा, लोकल कुखुरा र लोकल माछाको पारखीको भीड लाग्ने ठाउँ आजभोलि बिरानो बनेको छ ।


प्रोप्राइटर केशवराज पाण्डेले ०७५ सालमा लगभग १५ लाखको लगानीमा कटेज सञ्चालनमा ल्याएका हुन् । दैनिक १५ देखि २० हजारको बिक्री हुने कटेजमा आजभोलि ग्राहकको आवागमन त ठप्प नै छ तर सञ्चालक पाण्डे भने लकडाउनपछिको तयारीमा व्यस्त छन् ।

आफ्नो होटलका पारखीहरुको चाहनामा कमि आउन नदिनका लागि सञ्चालक पाण्डे यतिबेला लोकल कुखुरा तथा बदिया भालेको चाँजोपाँजो मिलाउँदै छन् । अहिले उनी १ सय कुखुरालाई बदिया बनाउँदै छन् । उनले भने, ‘‘ अहिले लकडाउनको समयलाई सदुपयोग गर्दै एक सय कुखुरालाई बदिया बनाउँदै छु । यतिबेलालकडाउनको समय छ,यसैको मौका छोपेर झण्डै अरु एक सय लोकल कुखुरा पनि हुर्काउँदै छु ताकि लकडाउनपछि यहाँ आउने ग्राहकहरुलाई निराश बनान नपरोस् ।’’ सबैभन्दा बढी मसरुम, लोकल कुखुरा तथा बदिया भालेका पारखीहरु आउने गरेको समेत उनले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्