भरुवा वन्दुकसहित ५ जना पक्राउ – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

भरुवा वन्दुकसहित ५ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
मंसिर १४, नुवाकोट
भरुवा वन्दुकुसहित नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ८ पिडालुबारीबाट ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटकै म्यागङ गाउँपालिका वडा नम्बर ३ का २७ वर्षका रवीन तामाङ, २८ वर्षका अमर तामाङसहित १७ वर्षका २ जना र १५ वर्षका एक जना किशोर रहेका छन् । बन्दुक लिएर जंगलमा वन्यजन्तुको सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने एक सय ग्राम बारुदसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । उनीहरुले बन्दुक प्रयोग गरेर लामो समयदेखि सिकार गर्दै आएको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । उनीहरुले भरुवा बन्दुक प्रयोग गरेर लामो समयदेखि कानुन विपरित जंगली जनावरको सिकार गर्दै आएको सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुलाइ पक्राउ गरेको कार्कीको भनाइ छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्