नक्कली नोटसहित पक्राउ – Kanika Khabar
Friday, March 13Nepali News Portal

नक्कली नोटसहित पक्राउ

    मा प्रकाशित

नक्कली नोटसहित भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय दीपक नाथलाई आज प्रहरीले पक्राउ गरेको छ । हजारका दरका तीन थान नक्कली नोटसहित नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

स्थानीय पसलमा सामान खरिद गर्ने क्रममा नाथले नक्कली नोट दिएको पाइएपछि पक्राउ गरिएको उहाँले बताए । पक्राउ परेका नाथमाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ । रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्