नक्कली नोटसहित पक्राउ – Kanika Khabar
Friday, April 26Nepali News Portal

नक्कली नोटसहित पक्राउ

    मा प्रकाशित

नक्कली नोटसहित भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय दीपक नाथलाई आज प्रहरीले पक्राउ गरेको छ । हजारका दरका तीन थान नक्कली नोटसहित नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

स्थानीय पसलमा सामान खरिद गर्ने क्रममा नाथले नक्कली नोट दिएको पाइएपछि पक्राउ गरिएको उहाँले बताए । पक्राउ परेका नाथमाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्