पार्टी एक ढिक्का हुनेमा ढुक्क छु : वरिष्ठ नेता खनाल – Kanika Khabar
Monday, December 8Nepali News Portal

पार्टी एक ढिक्का हुनेमा ढुक्क छु : वरिष्ठ नेता खनाल

    मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एक ढिक्का हुनेमा ढुक्क रहेको बताएका छन् । सूर्योदय नगरपालिकामा नेकपाका कार्यकर्तासँगको भेटमा नेता खनालले पार्टी एक जुट बनाउन आफू लागी पर्ने उल्लेख गरे । उनले पछिल्लो समय नेकपाभित्र अन्तरसङ्घर्ष बढे पनि पार्टी एकताबद्ध बनाउनका लागि भइरहेको छलफलका रूपमा बुझ्न अनुरोध गरे ।

“पार्टी नै फुट्छ भन्ने हल्ला चलिरहेका छन् तर आन्तरिक समस्या हल गर्नका लागि छलफल मात्र भएको हो” खनालले भने, “अन्तरसङ्घर्षले पार्टीलाई अझ मजबुत बनाउँछ भन्ने बुझ्नुपर्छ ।”

उनले पछिल्लो समय पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रतिवेदनसमेत आफूहरू अध्ययनमा रहेको बताए । उनले प्रतिवेदन अध्ययनपछि अझ नयाँ ढङ्गले पार्टी एकता हुने विश्वास आफूले गरेको जिकिर गरे । रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्