टिपरले ठक्कर दिँदा बालिकाको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

टिपरले ठक्कर दिँदा बालिकाको मृत्यु

    मा प्रकाशित

महोत्तरी । महोत्तरीको औरही नगरपालिका–८ टिम्किया गाउँको भित्री सडकमा आज साँझ टिपरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही–८ बस्ने नागेन्द्र बैठाकी छोरी १२ वर्षीया रोशनी रहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।

गाउँको भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना।७ ख। ४७३९ नंको टिपरले बाटो छेउमै खेलिरहेको बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । घटनापश्चात् प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ भने मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी गरिरहेको जनाइएको छ । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्