आज दाङमा एकैसाथ ६ वटा अस्पतालको शिलान्यास – Kanika Khabar
Friday, February 14Nepali News Portal

आज दाङमा एकैसाथ ६ वटा अस्पतालको शिलान्यास

    मा प्रकाशित

सञ्जिव पछाइ
मंसिर १५, दाङ ।
दाङ जिल्लामा आज सोमबार एकै साथ ६ वटा अस्पतालको शिलान्यास हुदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ५,१० र १५ शैया सम्मको अस्पताल नभएका स्थानीय पालिकाहरुमा अस्पतालको भवन बनाउन एकैदिन शिलान्यास गर्ने कार्यतालिका अनुसार दाङमा आज ६ वटा अस्पतालको शिलान्यास हुने भएको हो ।

दाङको बंगलाचुली गाउँपालिकाको कमिरेचौर स्वास्थ्य चौकीमा १५ शैया, दङगीशरण गाउँपालिकाको श्रीगाउँ स्वास्थ्य चौकीमा १५ शैया, घोराही उपमहानगरपालिकाको लक्ष्मीप्र स्वास्थ्य चौकीमा ५ शैया, बबई गाउँपालिकाको पुरन्धारा स्वास्थ्य चौकीमा १५ शैया, राप्ती गाउँपालिकाको सिसहनियाँ स्वास्थ्य चौकीमा १५ शैया र शान्तिनगर गाउँपालिकाको बाघमारे स्वास्थ्य चौकीमा १५ शैयाको अस्पतालको शिलान्यास हुने भएको छ ।
गएको कात्तिक २ गते अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको पदाधिकारीहरुको बसेको बैठकले आगामी मंसीर १५ गते देशभर ३९६ वटा अस्पतालको एकै दिन शिलान्यास गर्ने निर्णय गरेको छ । सोही अनुसार सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ । यी सबै अस्पताल दुई वर्षभित्र बनाइसक्ने सरकारको लक्ष्य छ । ५ देखी १५ शैयाको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको छ । अस्पतालको भवन निर्माणका लागि सरकारले सम्वन्धित स्थानीय पालिकालाई आंशिक बजेट समेत पठाईसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्