प्रिमियर लिगमा टोटनहम र चेल्सीको बराबरी – Kanika Khabar
Friday, February 14Nepali News Portal

प्रिमियर लिगमा टोटनहम र चेल्सीको बराबरी

    मा प्रकाशित

एजेन्सी/ इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम र चेल्सीले बराबरी खेलेका छन् ।

आइतबार राति भएको खेलमा चेल्सी र टोटेनहमले गोलरहित बराबरी खेल्दै अंक बाँढेका हुन् ।

 

चेल्सीको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको हो ।

खेलमा घरेलु टिम चेल्सीले बल पोजिसनमा पकड जमाएको थियो । तर, गोल गर्न सकेनन् ।

बराबरीसँगै टोटेनहम लिगको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहमले १० खेलमा २१ अंक जोडेको छ ।

शीर्ष स्थानमा उक्लने मौका गुमाएको चेल्सी भने तेस्रो स्थानमा रहेको छ । उसको १० खेलमा १९ अंक छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्