विश्वमा २४ घण्टामा थप चार लाख ९६ हजार ९७ जनामा कोरोना सङ्क्रमण – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

विश्वमा २४ घण्टामा थप चार लाख ९६ हजार ९७ जनामा कोरोना सङ्क्रमण

    मा प्रकाशित

एजेन्सी ।
विश्वमा पछिल्लो २४ घण्टामा थप चार लाख ९६ हजार ९७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । वल्र्डमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार २१८ जनाले ज्यान गुमाएका छन् । योसँगै कुल मृतकको संख्या १४ लाख ६४ हजार ७६४ पुगेको छ । विश्वमा हालसम्म छ करोड ३० लाख ५३ हजार ९८ जना सङ्क्रमित भएका छन् । तीमध्ये चार करोड ३५ लाख ३१ हजार ३६५ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले एक करोड ८० लाख ५६ हजार ९६९ जना सक्रिय सङ्क्रमित छन् । एक लाख ५ हजार ५४३ जना गम्भीर बिरामी छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्