धादिङ जिल्लामा चार महिनामा एउटै कम्पनीमार्फत एक अर्ब रेमिट्यान्स – Kanika Khabar
Wednesday, January 22Nepali News Portal

धादिङ जिल्लामा चार महिनामा एउटै कम्पनीमार्फत एक अर्ब रेमिट्यान्स

    मा प्रकाशित

धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत रु एक अर्बको रेमिट्यान्स भित्रिएको छ । चालु वर्ष २०७७र०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट रु ९९ करोड ८२ लाखभन्दा बढी रेमिट्यान्स भित्रिएको हो । जिल्ला भित्रिएको कुल रकममध्ये ९० प्रतिशत रेमिट्यान्स महिलाको नाममा आउने गरेको कला इन्टरनेशनलका प्रबन्धक रामचन्द्र गीरीले बताए ।

विभिन्न रेमिट्यान्स कम्पनीको आधिकारिक प्रतिनिधिको रूपमा काम गरिरहेको कला इन्टरनेशनल प्रालिमार्फत उत्तरी धादिङ र मध्य क्षेत्रका स्थानीयवासीका विदेशमा काम गर्न गएकाले रकम पठाउने गरेका छन् ।

असोज महिनामा मात्रै रु ३३ करोड ५५ लाख बराबरको रेमिट्यान्स आएको छ । विदेशबाट आएको रकममध्ये सबैभन्दा धेरै मलेशियालगायत खाडी मुलुक साउदी, कतार, बहराइन, दुवई, कुवेत, इराक, अफगानिस्तानबाट रेमिट्यान्स भित्रिने गरेको छ ।

विदेशबाट भित्रिने रेमिट्यान्सको अतिरिक्त सदरमुकाम धादिङवेशीबाट दैनिक रु ४० देखि ५० लाखसम्म देशका अन्य भागमा बाहिरिने पनि गरेको छ । कला इन्टरनेशनलबाहेक जिल्लाभर बैंक तथा वित्तीय संस्थामा समेत रेमिट्यान्स भित्रिने गरेको पाइएको छ ।रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्