नेपाली बजारमा सुनको भाउ लगातार घट्दै, तोलाको ९० हजार कायम ।। – Kanika Khabar
Thursday, April 16Nepali News Portal

नेपाली बजारमा सुनको भाउ लगातार घट्दै, तोलाको ९० हजार कायम ।।

    मा प्रकाशित

कनिका खबर
मंसिर १५, काठमाडौं

नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लाग्दै गएको छ । हिजोको तुलनमा आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ९० हजार ७ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ आज भने ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । हिजो प्रतितोला १ हजार १ सय ५० रुपैयाँ कायम भएको चाँदीको भाउ आज १ हजार १ सय २० रुपैयाँमा झरेको छ । यसअघि कात्तिक २५ गते नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँभन्दा बढीले घटेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्