नेपाली बजारमा सुनको भाउ लगातार घट्दै, तोलाको ९० हजार कायम ।। – Kanika Khabar
Thursday, March 23Nepali News Portal

नेपाली बजारमा सुनको भाउ लगातार घट्दै, तोलाको ९० हजार कायम ।।

    मा प्रकाशित

कनिका खबर
मंसिर १५, काठमाडौं

नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लाग्दै गएको छ । हिजोको तुलनमा आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ९० हजार ७ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ आज भने ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । हिजो प्रतितोला १ हजार १ सय ५० रुपैयाँ कायम भएको चाँदीको भाउ आज १ हजार १ सय २० रुपैयाँमा झरेको छ । यसअघि कात्तिक २५ गते नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँभन्दा बढीले घटेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्