एसोएसमा दुई करोडको लागतमा भवन बन्न सुरु – Kanika Khabar
Wednesday, April 15Nepali News Portal

एसोएसमा दुई करोडको लागतमा भवन बन्न सुरु

    मा प्रकाशित

कनिका खबर
मंसिर १५, काभ्रे
एसोएस बालग्राम काभ्रेमा कृषि धारको पठनपाठनका लागि दुई करोडको भवन निर्माण सुरु भएको छ । आज एक कार्यक्रमका बीच बागमती प्रदेशका सांसद चन्द्र लामा र पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले संयुक्त रुपमा शिलान्यास गरेसँगै उक्त भवन निर्माण सुरु भएको हो । पनौती नगरपालिका–५ श्रीखण्डपुरमा रहेको उक्त बालग्रामको कृषि शिक्षालय भवन निर्माण बागमती प्रदेश सरकार, पनौती नगरपालिका र बालग्रामको साझेदारीमा बन्न लागेको हो । उक्त भवन प्रदेश सरकारको एक करोड, पनौती नगरपालिकाको ३० लाख र एसोएस बालग्राम काभ्रेको २० लाख रुपियाँ सहित दुई करोडमा निर्माण हुने छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्