पार्टी फुट्न नदिने मन्त्री पुनको प्रतिवद्धता – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

पार्टी फुट्न नदिने मन्त्री पुनको प्रतिवद्धता

    मा प्रकाशित

कनिका खबर
मंसिर १५, रोल्पा
उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री तथा नेकपाका स्थायी कमिटि सदस्य वर्षमान पुनद्वारा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट््न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सरकारले आज देशभरका ३ सय ९६ स्थानीय तहमा १५ शैयाको अस्पताल शिलान्यास गर्ने कार्यक्रम अन्तर्गत गृह जिल्ला आउनुभएका मन्त्री पुनले यस्तो बताउनुभएको हो । रोल्पाको माडी गाउँपालिकाको घर्तिगाउँमा भवनको शिलन्यास गर्दै रोल्पाली जनताको सपनालाई पूरा गर्नेमा आफू पुर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । हेलिकप्टरमार्फ आउनुभएका पुनले रोल्पाको माडी गाउँपालिकाको घर्तिगाउँमा भवनको शिलन्यास गर्दै रोल्पाली जनताको सपनालाइ पुरा गर्नेमा अफ्ु पुर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै रोल्पामा यसैबर्ष नै बिद्युतीकरण गर्ने लक्ष्य लिएको बताउनुभयो । कार्यक्रममा पुर्व सभामुख ओनसरी घर्तिमगर, नेपाल बिद्युत प्रधिकरणका उप कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगाएतको उपस्थिति रहेको थियो । रोल्पाको माडी, परिबर्तन र त्रिवेणीमा अस्पताल भवनको शिलन्यास गरेर मन्त्री पुन आजै काठमाडौ फर्कनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्