दाङमा लैगीक हिंसा विरुद्ध सांगीतिक अभियान – Kanika Khabar
Monday, July 27Nepali News Portal

दाङमा लैगीक हिंसा विरुद्ध सांगीतिक अभियान

    मा प्रकाशित

दाङ,१५ मंसिर । लैगीक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय दाङ महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र घोराही र सामुदायिक प्रहरी सेवा केन्द्र घोराही दाङको आयोजनामा घोराही उपमहानगरपालिका विभिन्न स्थानमा सचेतना कार्यक्रम भैरहेका छन् ।

त्यही अनुसार पाँचौ दिन घोराहीको ट्राफिक चोक र नयाँ बसपार्कमा सागीतिक कार्यक्रम संचालन गरिएको छ । गितसंगित मार्फत आम नागरिकलाई सचेत गराउने उदेश्यका साथ सांगेतीक अभियान संचालन गरिएको हो । बाद्यबादनसहित कलाकारहरुको टोलीले सन्देश दिने खालको गित गाउदै सन्देश दिएका हुन ।

“लैङगिक हिंसा अन्त्यको प्रतिबद्धताः ब्यक्ती, समाज र सवैको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ मनाईएको १६ दिने अभियान जिल्लाभर नै बिभिन्न स्थानिय तह, संघ संस्था, महिला अधिकारकर्मीलगायतका सरोकारवाला निकायहरुसंग समन्वय कार्यक्रम गरिएको हो ।

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान संचालन गरिदै आएको र यो अभियानलाई डिसेम्बर १० सम्मनै निरन्तरता दिने जिल्ला प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिएका छन् अभियान अन्तरगत जिल्लाभर नै अन्य प्रकृतीका जस्तै अन्तरक्रिया, र्यायली, पर्चा पम्लेट बितरण, प्रशिक्षण लगाएत सचेतना मुलक कार्यक्रमहरु समेत संचालन भई रहेको जिल्ला प्रहरी प्रमुखले जानकारी दिएका छन् । अभियानमा हेमराज गन्धर्व, राजेश गन्धर्व र भरत गन्धर्वको टोली रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्