इयुले प्यालेस्टिनी अस्पताललाई एक करोड डलर सहयोग गर्ने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

इयुले प्यालेस्टिनी अस्पताललाई एक करोड डलर सहयोग गर्ने

    मा प्रकाशित

एजेन्सी/ युरोपेली संघ (ईयू)ले पूर्वी जेरूसेलममा रहेको एक प्यालेष्टिनी अस्पताललाई एक करोड आठ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

प्यालेस्टाइनस्थित ईयूका प्रतिनिधि सेभेन कुहन भोन बर्जस्क्रफले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाभाइरस कारण प्यालेस्टिनी स्वास्थ्य क्षेत्रको समस्याबीचमा ईयूले ठूलो सहयोग दिने भएको छ ।’

 

पूर्वी जेरूसलमका प्यालेस्टिनी अस्पतालहरूले पश्चिमी किनार, पूर्वी जेरूसलम र गाजा पट्टीका हजारौं प्यालेस्टाइनलाई आधुनिक तथा उत्कृष्ठ स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त सहयोगको घोषणा गरिएको हो ।

ईयूका अधिकारी बर्जस्क्रफले भने, ‘कोभिड–१९ सङ्क्रमण महामारीको बीचमा भएको यस योगदानले अस्पताललाई प्यालेष्टिनी जनताका लागि आफ्नो सेवाहरू सञ्चालन गर्न सहयोग गर्ने विश्वास इयूले गरेको छ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्