आज ३३ औं विश्व एड्स दिवस – Kanika Khabar
Friday, April 26Nepali News Portal

आज ३३ औं विश्व एड्स दिवस

    मा प्रकाशित

मंसिर १६, दाङ ।
आज ३३ औं विश्व एड्स दिवस, नेपालमा पनि मनाइँदैछ । यस वर्ष ‘‘एचआईभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’’ नारा तय गरेर दिवस मनाउन थालिएको हो ।
कोरोना महामारीका कारण यस वर्ष अन्य वर्ष झै ठूला कार्यक्रमको आयोजना नगरिने भएको छ । दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले नेपालमा ८० प्रतिशतभन्दा बढी असुरक्षित यौन सम्पर्कबाट एचआइभी सङ्क्रमण सरेको बताएको छ।
केन्द्रको तथ्याङ्क अनुसारनेपालमा हाल १७ हजार ५ सय ८७ पुरुष र ११ हजार ९ सय १६ महिलागरी २९ हजार ५ सय ३ जना एचआइभी सङ्क्रमित रहेका छन् । यस्तै, नेपालमा हालसम्म ३० जना एचआइभी सङ्क्रमित कोरोना भाइरसबाट सङ्क्रमित भएको पनि केन्द्रले बताएको छ। केन्द्रका निर्देशक डा. सुधा देवकोटाले कोरोना महामारीका कारण एचआईभी सङ्क्रमितहरु प्रभावित भएको भन्दै उनीहरुका लागि एआरटी घर–घरमा पु¥याउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
नियमित औषधि सेवन नगर्ने र लुकेर रहेका एचआइभी संक्रमितहरु मात्र कोरोना संक्रमणको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो ।
सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिङ्गी यौनकर्मीहरुमा एचआइभी सङ्क्रमणको दर उच्च रहेको केन्द्रले जनाएको छ। नेपालमा एचआईभी नियन्त्रणका कार्यक्रम सुरु भएको तीन दशक नाघिसकेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्