अपाङ्ग दम्पतिका लागि घर निर्माण अभियान शुरु – Kanika Khabar
Friday, April 19Nepali News Portal

अपाङ्ग दम्पतिका लागि घर निर्माण अभियान शुरु

    मा प्रकाशित

कनिका खबर
दाङ, १६ मंसीर ।
नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल पीडितले बोल्न नसक्ने बेघर अपांग दम्पति टिकाराम घर्ती मगर र मैती घर्तीका लागि घर निर्माण अभियान शुरु गरेका छन् । उनीहरु घोराही १६ खिरिटियामा आफन्तको घरमा बस्दै आएका छन् ।
पूर्व अध्यक्ष एवं अभियन्ता केएल पीडितले अपांग दम्पतिका लागि सहयोग जुटाएर ४ कोठे घर निर्माण गरिदिने बताए । घर निर्माणमा करिब ५ लाख लाग्ने अनुमान गरिएको छ । घर निर्माण अभियान सफल बनाउन अभियन्ता पीडितले सबैसँग अनुरोध गरेका छन् ।
‘यो एउटा मानवीय अभियान हो । एउटा बेघर अपांग परिवारको उद्धारका लागि म सबै महानुभावसँग सहयोगको लागि अपील गर्द्छु ।’ अभियन्ता पीडितले भने ।
यस अभियानमा सहयोगदाताले नगद या जिन्सी सहयोग गर्न सक्नेछन् । नगद सहयोगका लागि मैती घर्तीको नाममा घोराहीको ग्लोबल आइएमइ बैंकमा खोलिएको चल्ती खाता नं। ४१०७०१००२०९८७ मा रकम जम्मा गरिदिनु हुन सहयोगीहरुलाई अभियन्ता पीडितले अनुरोध गरेका छन् ।
मजदूरीको भरमा गुजारा गर्दै आएका अपांग दम्पतिलाई पूर्व अध्यक्ष एवं अभियन्ता पीडितले एक वर्षदेखि विभिन्न सहयोग जुटाइदिदै आएका छन् । उनकै पहल एवं अनुरोधमा समाजसेवी पदम केसीलाई अपांग दम्पतिलाई सिलिन्डरसहित ग्यास चूल्हो प्रदान गर्नुका साथै छोरा अमित घर्तीलाई विद्यालय भर्ना गरी पोशाक र स्टेशनरीको व्यवस्था गरिदिएका छन् ।
चलचित्र निर्देशक समेत रहनुभएका पीडितले संचालन गरेका यो अभियान निकै राम्रो भएको हुँदा अपांग दम्पतिको घर निर्माणमा सबैले खुलेर सहयोग गरिदिन अत्यन्त जरुरी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्