कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना पुष्टि, थप २०७३ जना डिस्चार्ज र २१ जनाको मृत्यु – Kanika Khabar
Friday, March 13Nepali News Portal

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना पुष्टि, थप २०७३ जना डिस्चार्ज र २१ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
मंसिर १६, दाङ ।
नेपालमा बितेको २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २०७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १६ हजार ५९४ पुगेको छ । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।

पालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५२९ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्