कनिका खबर
मंसिर १६, अछाम
अछाममा अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको मृत्यु भएको छ । गएराति १२ बजेर १५ मिनेटमा जिल्ला अस्पतालमा तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ का ३८ बर्षिया नामसरा कामीको मृत्यु भएको जिल्ला अस्पताल अछामका निमित्त प्रमुख डाक्टर अतुल भारद्धाजले जानकारी दिनु भयो । हिजो सोमबार मध्यान्ह १२ बजे नै सुत्केरी बेथा लागेर रक्तश्राव हुन थालेपछी स्थानिय स्वास्थ्य संस्थामा सुत्केरी हुन सम्भव नभएपछी बेलुका ४÷५ बजे मात्रै जिल्ला अस्पतालमा जानकारी आएपछि करिब साढे ४ घण्टापछी मात्रै जिल्ला अस्पतालमा पुरयाईएको डाक्टर भारद्धाजले बताउनु भयो । छैटौँ बच्चाको आमा बन्न लागेकी नामसरालाई अस्पताल पु¥याईसकेपछी रक्तश्राव हुदा हुदै रगतको निकै अभाब हुदा सुत्केरी महिलाको ज्यान बचाउन नसकीएको उहाँले बताउनु भयो । नामसराको पेटको बच्चाको नै पहिले मुत्यु भईसकेको पनि उहाँले बताउनुभयो ।
मा प्रकाशित