मुक्त कमलरीले अझै पाएनन् परिचय र सेवा सुविधा – Kanika Khabar
Friday, April 26Nepali News Portal

मुक्त कमलरीले अझै पाएनन् परिचय र सेवा सुविधा

    मा प्रकाशित

कनिका खबर
मंसिर १७, काठमाडौं
आज अन्तराष्ट्रिय दासता उन्मुलन दिवस । नेपालमा पनि यो दिवस मनाइरहँदा पश्चिम तराईका १२ हजार मुक्त कमलरीमध्ये अधिकांशको जीवनमा खासै परिवर्तन भएको छैन । २०७० साल असार १३ गते सरकारले कमलरी मुक्तिको घोषणा त ग¥यो, तर मुक्त कमलरीलाई दिने परिचयपत्र र सेवा नपाउँदा उनीहरू पीडामा छन् । १३ वर्ष कमलरी बस्नुभएका बासगढी बर्दियाका बसन्ती चौधरी सरकारले कमलरी मुक्त घोषणा गरेपछि मुक्ति त पाउनुभयो, तर कतिपय मुक्त कमलरीले परिचयपत्र र तालिम पाइरहँदा उहाँले भने केहि पनि पाउनुभएको छैन । कमलरीबाट मुक्त भएको पाँच वर्ष बितिसक्दा पनि कैलालीका माया चौधरीले पनि अझै पूर्व मुक्त कमलरीको परिचय पत्र पाउनुभएको छैन । जसो तसो अनमी पढे पनि मुक्त कमलरी कोटाबाट जागिर पाउने आशमा तुषारापात भएको छ । मुक्त कमलरी विकास मञ्च नेपालका अनुसार पश्चिम तराइका ५ जिल्लामा १२ हजार मुक्त कमलरी रहेका छन् । तर अहिलेसम्म ४ हजार ६ सय ६१ जनाले मात्रै परिचयपत्र पाएका छन् । जसमा सबैभन्दा बढी कैलालीमा २ हजार ५ सय पुर्व मुक्त कमलरीले परिचय पत्र पाएका छन् भने त्यसपछि क्रमश दाङमा १ हजार ४ सय ४५, कञ्चनपुरमा ३ सय ६२ र बाँकेमा ३ सय २४ जनाले परिचय पत्र पाएका मुक्त कमलरी विकास मञ्च नेपालका अध्यक्ष सुनिता चौधरीले बताउनुभयो । बाँकेमा भने अहिलेसम्म एक जना पूर्व मुक्त कमलरीलाई पनि परिचय पत्र वितरण भएको छैन । ७ वर्ष अघि सरकारले कमलरी मुक्तिको घोषणा गर्दा उनीहरुको पूर्णरुपमा पुर्नस्थापना गर्ने पनि घोषणा गरेको थियो । तर अहिले भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय यस विषयमा बेखबर छ । तर कतिपय पूर्व मुक्त कमलरीले भने संघीय तथा प्रादेशिक संसदमा प्रतिनिधित्व समेत गरिसकेका छन् । तर उनीहरु त्यहाँ पुगेर मुक्त कमलरीको हक हितका लागि के गरे भन्ने प्रश्न कायमै छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्