चुनावमा धाँधलीको प्रमाण भेटिएन : न्याय विभाग – Kanika Khabar
Saturday, November 15Nepali News Portal

चुनावमा धाँधलीको प्रमाण भेटिएन : न्याय विभाग

    मा प्रकाशित

कनिका खबर
मंसिर १७, दाङ
अमेरिकाका महान्यायाधीवक्ता विलियम बारले राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरे जस्तो नोभेम्बर ३ मा भएको चुनावमा धाँधलीको कुनै प्रमाण नभेटिएको बताउनुभएको छ । ट्रम्पले आफू पराजित भएपछि धाँधलीको आरोप लगाइरहेका बेला बारले न्याय विभागलाई चुनावमा धाँधली भए नभएको हेर्नका लागि न्याय विभागलाई निदेर्शन दिनुभएको थियो । तर न्याय विभागले ट्रम्पको आरोप वा दाबीलाई सत्य सावित गर्ने कुनै पनि प्रमाण फेला नपारेको महान्यायाधीवक्ता बारले बताउनुभएको हो । कानून कार्यान्वयन निकायका प्रमुख बारले भन्नुभएको छ, ‘अहिलेसम्म हामीले चुनावको नतिजा भिन्न पार्ने गरी धाँधली भएको कुनै पनि प्रमाण भेट्टाएका छैनौँ ।’ महान्यायाधीवक्ता बारको भनाई हार स्वीकार नगरेका राष्ट्रपति ट्रम्पका लागि ठूलो धक्का भएको टिप्पणीहरू गरिएको छ । राष्ट्रपति ट्रम्प र उहाँको चुनावी अभियानले विभिन्न राज्यमा दायर गरेका मुद्दाहरु प्रमाणको अभावमा खारेज भएका छन् वा उनीहरुको विपक्षमा फैसला भएको छ । विभिन्न राज्यले नोभेम्बर ३ को चुनावमा राष्ट्रपतिमा निर्वाचित हुनुभएका जो बाइडेनको जितलाई औपचारिकता प्रदान गरिरहेका छन् । बाइडेनले राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने २७० मध्ये ३०६ इलेक्टोरल कलेज मत पाउने निश्चित भएको छ । पराजित भएका ट्रम्पको पक्षमा २३२ इलेक्टोरल कलेज मत परेको छ । पपुलर मत (कुल मत) मा बाइडेन ट्रम्प भन्दा कम्तिमा ६२ लाख मतले अघि हुनुुहुन्छ । नोभेम्बर ३ यता ट्रम्पले लगातार चुनावमा धाँधली भएको आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आउनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्