रौतहटका आठ क्रसर उद्योग बन्द हुने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

रौतहटका आठ क्रसर उद्योग बन्द हुने

    मा प्रकाशित

उपेन्द्र गोले
मंसिर १७, रौतहट ।
मापदण्ड पुरा नगरी रौतहटको बिभिन्न पालिकामा संचालित ८ वटा क्रसर उद्योग बन्द हुने भएको छ । क्रसर उद्योगहरुको बिस्तृत अध्ययन तथा अनुगमन समितिको बैठकले मापदण्ड पुरा नगरेका क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो । ्
समितिका संयोजक ईन्द्रदेब यादबको संयोजकत्वमा बसेको बैठकले प्राबिधिक समितिको प्रतिबेदनको आधारमा बृन्दाबन नगरपालिका–६ को श्रीराम जानकी क्रसर उद्योग, सुमुख क्रसर उद्योग फतुवा बिजयपुर नगरपालिका–८, शिबशंकर क्रसर उद्योग गरुडा नगरपालिका महमदपुर, संकटमोचन वासिङ्ग उद्योग बृन्दाबन नगरपालिका–१, शिबम बालुवा वासिङ्ग उद्योग बृन्दाबन नगरपालिका–१, आश्रय अस्फाल्ट एण्ड क्रसर उद्योग चन्द्रपुर नगरपालिका–८, रमन÷सगरमाथा जेभि गुजरा नगरपालिका, र श्रेष्ठ धुकुछु मृत संजिबनी जेभि फतुवा बिजयपुर नगरपालिका लाई बन्द गर्ने निर्णय गरिएको हो ।
समितिको बैठकको निर्णय अनुसार घरेलु तथा साना उद्योग कार्यालय वा सम्बन्धित स्थानीय तहमा उद्योग दर्ता दर्ता नभई र अनुमति प्राप्त नगरी सञ्चालन गर्दै आईरहेको क्रसर उद्योगलाई तत्काल बन्द गर्ने, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई क्रसर सञ्चालन गर्ने अनुमति प्राप्त गरेको तर आबश्यक मापदण्ड पुरा नगरेका क्रसर उद्योगहरु हाललाई बन्द गरी मापदण्ड पु¥याएपछि मात्र सञ्चालन गर्न अनुमति दिने, र राष्ट्रिय गौरबको आयोजना तथा प्राथमिकता प्राप्त योजनाको हकमा आबश्यक क्रसर उद्योगहरु संचालन गर्न अनुमति दिने निर्णय भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्