वर्तमान सरकार कुबाटोमा लाग्यो : दाङ काङ्ग्रेस – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

वर्तमान सरकार कुबाटोमा लाग्यो : दाङ काङ्ग्रेस

    मा प्रकाशित

कनिका खबर
मंसिर १७, दाङ ।
नेपाली काङ्ग्रेस दाङले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको गिरफ्तारीको भत्र्सना गरेको छ । तनहुँमा पुल उद्घाटनका लागि जाँदै गर्दा नेता पौडेललाइ निषेधाज्ञा तोडेको भन्दै प्रहरीले गिरफ्तार गरेको हो । काङ्ग्रेस दाङका सभापति कीर्तिबहादुर खडकाले बिज्ञसप्त जारी गर्दै पार्टीका वरिष्ठ नेता पौडेलमाथि भएको गिरफ्तारीको भत्र्सना गरेका हुन ।

‘प्रहरी प्रशासनको दुरुपयोग गरेर सरकारले अलोकतान्त्रिक र विकास बिरोधी चरित्र छरपष्ट पारेको छ,’ कांग्रेसको बिज्ञप्तिमा उल्लेख छ । यो घटनाले वर्तमान सरकार कुशासनको बाटोमा लागेको प्रस्ट भएको समेत दाङ कांग्रेस सभापति खडकाले उल्लेख गरेका छन । आफुलाइ दुई तिहाइको दम्भ देखाउने बर्तमान नेकपा सरकारले आफू बाहेकका सबैलाई सिध्याउने प्रपन्च रचेको यो घटनाले पुष्टि गरेको दाङ काङ्रेसको विज्ञप्तिमा उल्लेख छ ।
लोकतान्त्रिक आन्दोलनका अथक योद्धामाथि गुन्डाशैलीमा भएको सरकारी धरपकड र गिरफ्तारी लोकतान्त्रिक व्यवस्थामाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गर्दै कांग्रेस दाङका सभापति खड्काले सरकारको यो कदमले पञ्चायतको झल्को दिएको वताएका छन् ।
‘सरकार आफूले पनि विकास नगर्ने र स्थानीय स्तरबाट भएका विकासलाई प्रोत्साह गर्न जाँदा रोक्ने कार्यमा पञ्चायतको झल्को देखिएको छ,’ बिज्ञप्तिमा भनिएको छ । गिरफ्तारमा परेका कांग्रेसका बरिष्ठ नेता पौडेललाई सरकारले अहिले रिहा गरिसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्