प्रदेश नं १ मा ९२ कोरोना सङ्क्रमित थपिए – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

प्रदेश नं १ मा ९२ कोरोना सङ्क्रमित थपिए

    मा प्रकाशित

काठमाडौं ।

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ९२ जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको ४९५ जनाको पिसिआर परीक्षणमा ३३ महिला र ५९ पुरुषको रिपोर्ट पोजिटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितहरुमा झापामा २६, सुनसरीमा २१, मोरङमा २० मध्ये विराटनगरमा १३, इलाममा २०, धनकुटा र उदयपुरमा दुई÷दुई र पाँचथरमा एकजना रहेका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २७ हजार ५३३ पुगेको छ । प्रदेशमा आज ५० जना सङ्क्रमितहरु होम आइसोलेसन र विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । निको हुने सङ्क्रमितहरुमा होम आइसोलेसनबाट ४३, मेची अस्पतालबाट ६ र विराट मेडिकल कलेजबाट एकजना रहेका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २२ हजार ४२७ पुगेको छ ।

यस प्रदेशमा अहिलेसम्म एक लाख ९२ हजार ७५६ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको छ ।
रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्