विद्युतीय अपराधप्रति सचेत हुन प्रहरीको अनुरोध – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

विद्युतीय अपराधप्रति सचेत हुन प्रहरीको अनुरोध

    मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले कानूनविपरीत हुने अश्लिल भिडियोलगायतका सामग्री बनाउने, प्रसारण गर्ने गरेका घटना बढ्न थालेको भन्दै सचेत हुन सर्वसाधारणमा अनुरोध गरेको छ । इन्टरनेट तथा विद्युतीय उपरकरणको दुरुपयोग गरी समाजिक सञ्जालमा अशोभनीय, अमार्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लिल तस्बिर, श्रव्यदृष्य प्रशारण गरी विद्युतीय कारोवार ऐन, २०६३ विपरीत हुने कार्य देखिएको भन्दै ब्युरोले सूचना जारी गरी सावधानी अपनाउन अनुरोध गरेको छ । ब्युरोले हाल प्राप्त सूचना, उजुरीमाथि कतिपय घटनामा कारवाहीसमेत गरिएको र कतिपय अनुसन्धानका क्रममा रहेको जनाएको छ ।

अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउने सन्दर्भमा सही निकाय र माध्यमको छनोट नगरी पुनःतिनै भिडियो एवं सामग्रीलाई प्रदर्शन गर्दा पीडितलाई झन पीडा थपिने र गोपनीयता संरक्षणका कानूनी प्रावधानविपरीत हुने भन्दै ब्युरोले त्यस्ता गतिविधि नगर्न पनि सचेत गराएको छ ।  त्यस्ता कार्य भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा सम्पर्क गरी जानकारी दिनसमेत भनिएको छ ।

फरार प्रतिवादी पक्राउ
ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका १० बस्ने सिन्धुपाल्चोक बाँसबारी– ६ का ३१ वर्षीय अमीर भन्ने अम्बिर लामालाई आज प्रहरीले पक्राउ गरेको छ । उनीमाथि काठमाडौँ बस्दै आएका काभ्रेपलाञ्चोकका १९ वर्षीय एक युवकलाई विसं २०६५ पुस २४ गते खुकुरी प्रहार गरी घाइते बनाई फरार रहेको आरोप छ । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले आज टेकुबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए ।

लुटपाट
यसैबीच आज काठमाडौँको बूढानलीकण्ठ नगरपालिका–२ बाट स्थानीय महिलाको झण्डै रु एक लाख ३५ हजार पर्ने सुनको सिक्री लुटपाट भएको छ । हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका दुई व्यक्तिले सिक्री लुटेर लगेको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले जनाएको छ । प्रहरीले लुटेराको खोजी जारी राखेको जनाएको छ ।

मानव बेचबिखन गर्ने पक्राउ

गैरकानूनीरुपमा दक्षिण अफ्रिका पु¥याइ मानव बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार ताप्लेजुङका  गणेशकुमार लोंवालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । उनले तीन जनालाई वैदेशिक रोजगारीमा आकर्षक तलब पाउने प्रलोभनमा पारी भारत, दुबई र कतार हुँदै दक्षिण अफ्रिका पु¥याइ बिक्री गरेको प्रहरीले जनाएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले लोंवालाई काठमाडौँ महाराजगञ्जबाट पक्राउ गरेको र म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ । रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्