वडा नं. १० मा क्वारेन्टाइनकाे तयारी पूरा – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

वडा नं. १० मा क्वारेन्टाइनकाे तयारी पूरा

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ४, दाङ ।
घाेराही उपमहानगरपालिका वडा नं. १० ले भारतबाट आउनेका लागि क्वारेन्टाइनकाे व्यवस्था गरेकाे छ । हिजाे शनिबार बसेकाे कार्यपालिकाकाे बैठकले हरेक वडाले आफ्नाे वडाभित्र भारतबाट आउने नागरिकलाई क्वारेन्टाइनकाे व्यवस्था गर्ने निर्णय गरेपछि वडा नं. १० ले यस्तो व्यवस्थापनकाे चाँजाेपाँजाे मिलाएकाे हाे ।

वडा सदस्य काशी खनालले कनिका खबरसँग कुराकानी गर्दै भने, “ कार्यपालिकाकाे निर्णय अनुसार हामीले अहिले सिद्ध रत्न नाथ माध्यमिक विद्यालय नारायणपुरकाे भवनलाई क्वारेन्टाइनकाे लागि प्रयाेगमा ल्याएका छाैँ । आवश्यक परेमा अन्य सामुदायिक भवन पनि हामीसँग छन् र निजी विद्यालयका भवनसँग पनि समन्वय गरेर अगाडि बढ्ने छाैँ ।´´

साथै वडा नं.१०ले घोराही उपमहानगरपालिकाकाे निर्णयानुसार वडा नम्बर १० काे मावि नारायणपुरमा क्वारेन्टाईन निर्माण गरिएको बताएको छ । नेपाल भारत सीमा नाकामा आएका घोराही उपमहानगरका बासिन्दालाई ल्याउन उपमहानगरपालिकाबाट बस परिचालन गरिएको र सिधै सम्बन्धित वडाको क्वारेन्टाइनमा पुर्‍याएर अनिवार्य पिसिआर जाँच हुने व्यवस्था मिलाएकाे छ । सम्बन्धित सबैलाई कोईलाबास र कृष्णनगर नाका भएर आउन समेत वडा नं . १० ले अनुरोध छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्