सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त – Kanika Khabar
Friday, April 26Nepali News Portal

सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त

    मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनुभएको छ । उनले आफू कोरोनाबाट मुक्त भएको आज सामाजिक सञ्जालमार्फत जानकारी गराए ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहनुभएका लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए । पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उहाँ सेल्फ आइसोलेशनमा बसेका थिए । आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि लामिछानेलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

 

केही दिनको आरामपछि उहाँ बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जानेछन् । अष्ट्रेलियामा यही डिसेम्बर तेस्रो सातादेखि बिग ब्यास लिग शुरु हुँदैछ । उनी तेस्रोपटक बिग ब्यास लिग खेल्ने तयारीमा हुनुहुन्छ । यसपटक लामिछानेले होबार्ट हुरिकेन्सबाट बिग ब्यास खेल्दै छन् । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्