अझैं सिनेमा हल नखुल्ने – Kanika Khabar
Tuesday, March 21Nepali News Portal

अझैं सिनेमा हल नखुल्ने

    मा प्रकाशित

कनिका खबर
मंसिर १८, दाङ ।
नेपालमा अझैं सिनेमा घर नखुल्ने भएका छन् । सिनेमा हल अझै नखोल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरेको हो।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले १५ दिन अझै कडाइका साथ हल तथा रात्रिकालीन व्यवसाय बन्द गर्नुपर्ने सरकारको निर्णय सुनाएका हुन् ।

संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सिनेमा हलहरु, रात्रीकालीन व्यवसायहरु, धेरै मानिसहरु जम्मा हुने र जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन हुने खालका संस्था तथा व्यवसाय अझै नखोल्न अनुरोध गरेका हुन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्