रामचन्द्र पौडेल पुल उद्घाटनका लागि आज तनहुँ जाने – Kanika Khabar
Tuesday, March 21Nepali News Portal

रामचन्द्र पौडेल पुल उद्घाटनका लागि आज तनहुँ जाने

    मा प्रकाशित

मंसिर १८, दाङ ।
प्रमुख प्रतिपक्षी दलका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँको बुल्दी खोला पुल उद्घाटन गर्न आज पनि जाने भएका छन्‌।

हिजो पुल उद्‌घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

पौडेलले पुल उद्‌घाटन गर्न खोजेपछि सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसका कार्यकर्ताबीच झडप हुनसक्ने भन्दै तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेको थियो। तर, निषेधाज्ञाकै बीच पौडेल पुल उद्घाटन गर्न जान खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

तनहुँ प्रहरीले नेता पौडेललाई गिरफ्तार गरी हिरासतमा राखेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी तत्काल रिहाइ गर्न भनेका थिए। करिब ३ घण्टा तनहुँ प्रहरीको हिरासतमा बसेपछि पौडेल रिहाइ भएका हुन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्