जेठ २० सम्म लकडाउन फेरी थपियो – Kanika Khabar
Thursday, April 18Nepali News Portal

जेठ २० सम्म लकडाउन फेरी थपियो

    मा प्रकाशित

जेठ २० गते मध्यरातसम्म सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना संक्रमणको दोस्रो केस भेटिएको भोलिपल्ट चैत ११ देखि सरकारले देशभर लकडाउन लागू गरेको थियो । जेठ ५ सम्म पछिल्लो पटक थपिएको समय थियो ।

आइतबारै बसेको कोभिड–१९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो । आइतबार नै कोरोना संक्रमणका कारण देशमा दोस्रो व्यक्तिको मृत्यु भएको छ । सिन्धुपाल्चोककी २९ वर्षिय महिला र बाँकेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । आइतबार लकडाउनको ५५ औं दिन पुगेको छ । तर, कोरोना संक्रमण झन् बढिरहेको छ । आइतबारसम्म देशमा कोभिडका २ सय ९५ संक्रमित देखिएका छन् ।

लकडाउनको थपिएको अवधिमा पनि कृषि उद्योग, ढुवानी, आयोजना निर्माणका कामहरु निरन्तर रहन्छन् । ‘धेरै मान्छेहरु क्वारेन्टाइनमा रहनु भयो भने उहाँहरुको उत्पादक समय खेर जानसम्छ । त्यसैले क्वारैन्टाइनमै रहेर कुनै काममा जोड्न सक्छौं कि भनेर हामीले छलफल गरेका छौं’ उनले भने ।

लकडाउनका कारण ठूलो दुर्घटनाबाट बचेको भन्दै समितिले लकडाउनको विकल्प नभएको निष्कर्ष निकालेको थियो । छिमेकी भारतले पनि आइतबार नै लकडाउन २ साताका लागि थप गर्ने निर्णय गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्