लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्गता भएका व्यक्तिहरूको योगदान महत्वपूर्ण : देउवा – Kanika Khabar
Friday, April 26Nepali News Portal

लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्गता भएका व्यक्तिहरूको योगदान महत्वपूर्ण : देउवा

    मा प्रकाशित

मंसिर १८, काठमाडौँ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्गता भएका व्यक्तिहरूको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले ‘अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइहरुले पु¥याउनु भएको साहसिक र महत्वपूर्ण योगदानको नेपाली काँग्रेस उच्च सम्मान गर्दछ’ भन्नुभएको छ ।
मुलुकको जनसंख्यामा उल्लेख्य संख्यामा रहेका अपाङ्गहरुलाई राज्यको निर्णायक संरचनामा सहभागिता र प्रतिनिधित्वको व्यवस्था हुनुपर्दछ भन्ने नेपाली कांग्रेसको धारणा रहँदै आएको उहाँले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । देउवाले भन्नुभएको छ, ‘नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएको नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरुलाई राजनीतिक, सामाजिक र साँस्कृतिक अधिकार सुनिश्चित गरिएको छ । उहाँहरुको शिक्षा, स्वास्थ्य, रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि नेपाली कांग्रेस सदैव क्रियाशील रहिरहने छ ।’
अपाङ्गता भएका व्यक्तिहरूमा अन्तरनिहित क्षमता, दक्षता, शीप, योग्यता मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा सदुपयोग गर्न सकियोस् भन्दै अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको पूर्ण सफलताको शुभ–कामना व्यक्त गर्नुभएको छ । संयुक्त राष्ट्र संघले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिहरुको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रिय रुपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्