इरानले युरेनियम उत्पादन बढाउने सम्बन्धी कानून पारित ग¥यो – Kanika Khabar
Tuesday, March 21Nepali News Portal

इरानले युरेनियम उत्पादन बढाउने सम्बन्धी कानून पारित ग¥यो

    मा प्रकाशित

एजेन्सी ।
इरानले युरेनियमको उत्पादन बढाउने तथा संयुक्त राष्ट्रसंघीय अनुगमनकर्तालाई आफ्नो परमाणु क्षेत्रमा अनुगमनमा रोक लगाउने सम्बन्धी कानून पारित गरेको छ ।इरानको संसदले नयाँ कानून पारित गरेसँगै उसले युरेनियमको उत्पादन थप बिस्तार गर्ने बाटो खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।अबको दुई महिना भित्र आफूमाथि लगाइएका प्रतिबन्ध फुकुवा नभएमा युरेनियमको उत्पादन २० प्रतिशतसम्म बिस्तार गर्ने इरानले जनाएको छ । सन् २०१५ मा भएको सम्झौता अनुसार इरानको युरेनियम क्षमता ३.६७ प्रतिशतमा सीमित हुनु पर्ने थियो ।इरानका राष्ट्रपति हसन रुहानीले आफू सो कानूनको विपक्षमा रहेको बताउनुभएको छ । शीर्ष परमाणु वैज्ञानिक मोहसेन फाख्रिजादेहको हत्या भएपछि नयाँ कानून ल्याइएको हो । उहाँको हत्यामा इजरायलको हात रहेको इरानको आरोप छ । तर इजरायलले यसबारे सार्वजनिक रुपमा केही बताएको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्