घोरलको छाला बरामद – Kanika Khabar
Thursday, April 25Nepali News Portal

घोरलको छाला बरामद

    मा प्रकाशित

कनिका संवाददाता
दाङ, जेठ ५ ।
डिभिजन वन कार्यालय दाङको वन गस्ति टोलीले वन्यजन्तु घोरलको छाला पनि बरामद गरेको छ । दुई वटा घोरलको छाला बरामद गरिएको सहायक वन अधिकृत सिद्धान्त बराले जानकारी दिए । दुवै घटनाबारे छानविन भइरहेको र दोषीलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम कारबाही गरिने डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।

लकडाउनको समयमा चोरी तस्करी हुन सक्ने भन्दै डिभिजन वन कार्यालय दाङले अलगअलग समूह बनाई वनगस्तीलाई तीव्र पारेको जनाएको छ । लकडाउन अवधिको अहिलेसम्म विभिन्न दर्जन बढी घटनामा दुई दर्जन बढीलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको डिभिजन वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्