संघीय सरकारले अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश २ सरकार सर्वोच्चमा – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

संघीय सरकारले अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश २ सरकार सर्वोच्चमा

    मा प्रकाशित

कनिका खबर
मंसिर १८, दाङ
संघीय सरकारले अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश २ सरकार फेरि अर्को रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको छ । संघीय सरकारको भूमिगत जलस्रोत विकास समितिले कात्तिक २१ गते गरेको परिपत्र र समृद्ध तराई मधेस सिचाइँ विशेष कार्यक्रमले कात्तिक २४ गते आह्वान गरेको बोलपत्रले प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल रिट निवेदन लिएर सर्वोच्च अदालत पुग्नुभएको हो । उक्त रिटमा मङ्सिर २६ गते पेशी तोकिएको छ । प्रदेश २ सरकारले यसअघि पनि संघीय सरकारविरुद्ध सर्वोच्चमा रिट दायर गरिसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्