राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत – Kanika Khabar
Thursday, April 25Nepali News Portal

राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

    मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरुले आज आ(आफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका राजदूत सेन ओले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवका साथै दुवै निकायका वरिष्ठ अधिकारीको उपस्थिति थियो ।

रासस

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्