राष्ट्रिय संघभित्र देखिएको समस्या समाधानका लागि राखेप उपाध्यक्ष कोईरालाको नेतृत्वमा समिति गठन – Kanika Khabar
Friday, March 29Nepali News Portal

राष्ट्रिय संघभित्र देखिएको समस्या समाधानका लागि राखेप उपाध्यक्ष कोईरालाको नेतृत्वमा समिति गठन

    मा प्रकाशित

मंसिर १९, काठमाडौँ ।
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय संघभित्र देखिएका समस्या समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोईरालाको नेतृत्वमा विवाद समाधान समिति गठन गरेको छ ।मन्त्रालयमा बुधबार बसेको बैठकले राष्ट्रिय खेलकुद संघभित्र देखिएको समस्या समाधानका लागि उपाध्यक्ष कोईरालाको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । समितिमा उपाध्यक्ष कोईराला सहित राखेप बोर्ड सदस्यहरु गोबिन्द भट्टराई, पुरेन्द्र बिक्रम लाखे, नन्दा बस्याल रहनुभएको छ । यस्तै, समितिमा राखेपका कानुन शाखा प्रमुख नारायण अर्याल र संघ संस्था शाखा प्रमुख इन्द्र कार्की र युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख सह–सचिव भक्तबहादुर ढकाल सदस्य रहनुभएको छ । घरेलु खेलकुदका केही मुख्य राष्ट्रिय संघहरु राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताको रुपमा विभाजित र विवादित छन् । प्रतियोगिताका दौरान संघभित्रको विवादले प्रतियोगितामा नेपालको सहभागीता र नतिजानै प्रभावित हुने गरेको छ ।संघ भित्रको विवादले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले नतिजा खस्किदै गएपछि मन्त्रालयले धेरै पटक छानविन समिति गठन समेत गरेको थियो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्