एसियन गेम्सका लागि कतारले माग्यो नेपालसँग समर्थन – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

एसियन गेम्सका लागि कतारले माग्यो नेपालसँग समर्थन

    मा प्रकाशित

नेपाल भ्रमणमा रहेको कतार ओलम्पिक कमिटीका प्रतिनिधि मण्डलले नेपाल ओलम्पिक कमिटिका प्रतिनिधिसँग भेट गरेको छ । कतार ओलम्पिकका महासचिव जसिम रसिद जेए अल्बुनइनको नेतृत्वमा रहेको टोलीले हिजो सातदोबाटोस्थित एनओसी भवनमा नेपाली टोलीसँग भेट गरेको हो । भेटमा कतारी टोलीले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबेदारी दिन लागेको जानकारी गराउँदै नेपाललाई सहयोग र समर्थनका लागि अनुरोध गरेको थियो । कतारी टोलीले एसियाली खेलकुद आयोजनाका लागि कतारले प्रस्तुत गरेको दाबेदारीको विशेष कार्यक्रम पनि प्रस्तुत गरेको थियो ।कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले कतारी टोलीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै सन् २०३० को एसियाली खेलकुद आयोजनाको कतारी दावेदारीको सफलताको कामना गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्