कोरोनाविरूद्धको खोप विश्वव्यापी साझा सम्पत्ति : प्रधानमन्त्री – Kanika Khabar
Monday, July 27Nepali News Portal

कोरोनाविरूद्धको खोप विश्वव्यापी साझा सम्पत्ति : प्रधानमन्त्री

    मा प्रकाशित

मंसिर १९, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरूद्धको खोप विश्वव्यापी साझा सम्पत्ति हुनुपर्ने बताएका छन्।
प्रधानमन्त्री अाेलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेका बेला उपलब्ध हुने कोरोनाविरूद्धको खोप विश्वव्यापी साझा सम्पत्ति हुनुपर्ने बताएका हुन्।

कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् ।

 

प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुनेसमेत बताए ।
अहिले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुर्‍याउन कोभाक्सले गरिरहेको पहलको पनि प्रधानमन्त्री ओलीले स्वागत गरे ।
कोभिड–१९ लाई कै केन्द्रित गरेर राष्ट्रसंघले विशेष महासभाको आयोजना गरेको हो । प्रधानमन्त्री ओलीको सम्बोधनको भिडियो रेकर्ड गरेर राष्ट्रसंघ पुर्‍याइएको थियो ।
अहिलेको संकटले पाठ सिकाएको बताउँदै ओलीले भनेका छन्, ‘यो संसार सानो डुंगा हो, हामी सबै यसका यात्रु हौं ।’
कोरोना महामारीबारेको विशेष सेसनमा ३७ देशका प्रमुख र ३९ जना सरकारका प्रमुखसहित विश्वका १५५ नेताहरुले सम्बोधन गरिरहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्