कोरोना बीमाको भुक्तानी ३ दिनभित्रै दिन बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन – Kanika Khabar
Saturday, April 20Nepali News Portal

कोरोना बीमाको भुक्तानी ३ दिनभित्रै दिन बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन

    मा प्रकाशित

मंसिर १९, काठमाडौँ ।
कोरोना बीमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता गरेको छ ।
अर्थमन्त्रालयले यसअघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिलाई ३ दिनभित्रै कोरोनाबीमाको रकम भुक्तानी गरी सो जानकारी मन्त्रालयमा पठाउन हिजो निर्देशन दिएको हो ।
मन्त्रालयको निर्देशन पछि बीमा समितिले सरकारको निर्देशन कार्यान्वयन गर्न आफूहरु प्रतिवद्ध रहेको बताएको छ ।
समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले सीआईएनसँग कुरा गर्दै कागजात पुगेका बिमितको समयमै भुक्तानी हुने बताउनुभयो । हाल कुन–कुन बीमा कम्पनीमा कति सङ्ख्यामा दावी परेको छ सोको विस्तृत विवरण, समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के हुन् भन्दै त्यसको विस्तृत विवरण पठाउन समेत मन्त्रालयले भनेको छ ।अझै १३ हजार भन्दा धेरैको कोरोना बीमाको रकम भुक्तानी हुन बाँकी रहेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्