नगर प्रहरी प्रमुख पन्थी पक्राउ – Kanika Khabar
Friday, April 26Nepali News Portal

नगर प्रहरी प्रमुख पन्थी पक्राउ

    मा प्रकाशित

मंसिर १९, दाङ ।
दाङमा एक नगर प्रहरी प्रमुख पक्राउ परेका छन् । जिल्लाको घोराही उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख रुद्रप्रशाद पन्थी पक्राउ परेका छन् ।

मदिरा सेवन गरी घोराहीस्थित एक पसलमा ढुंगा हानेपछि नगर प्रहरी प्रमुख सइ पन्थी पक्राउ परेका हुन ।

जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले पन्थीले अत्यधिक मदिरा सेवन गरेपछि बिहीवार राति १० बजेतिर घोराही सहिद गेट नजिकै रहेको शर्मा मोवाईल पसलमा ढुङ्गा हानेको जानकारी दिए ।

पन्थीको ढुङ्गा प्रहारवाट मोवाईल सञ्चालकको टाउकोमा चोट लागेको छ ।

मदिराले मातेका पन्थी मोवाईल पसलमा चुरोट माग्न गएको र पसलेले मोवाई पसलमा चुरोट पाइदैन भन्ने कुरा गरेपछि आवेगमा आएर सडकको ढुङ्गाले पसलमा आक्रमण गरेको प्रहरी अधिकारीले बताएका छन् ।

पन्थीले आफु नगर प्रहरी प्रमुख भएको तथा आफ्नो चिनजान र पहुँच माथिसम्म रहेको भन्दै पसलेलाई डर धम्की दिदै आक्रमण गरेको पसल सञ्चालकले आरोप लगाएका छन् ।

नगर प्रहरी प्रमुखले मापसे गरी रातिमा होहल्ला गरिरहेको र पसलमा ढुँगा समेत हानेको भन्ने गुनासो गरेपछि उनलाई पक्राउ गर्नु परेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

यसैबीच पन्थीको ढुंगा आक्रमणवाट घाइते भएका पसल सञ्चालक ३७ बर्षीय श्यामसुन्दर शर्माले जिल्ला प्रहरी कार्यालय घोराही पुगेर शुक्रवार पन्थी विरुद्ध लिखित जाहेरी दिएका छन् ।

उनको निवेदनमा पन्थीले आफुलाई सार्वजनिक स्थलमा गालीगलौज तथा कुटपिट गरेको भन्दै जाहेरी दिएको एक प्रहरी अधिकारीले बताए । प्रहरीले पन्थी विरुद्ध अभद्र व्यबहार शीर्षकमा मुद्दा चलाएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले पन्थीमाथि कसुर अनुसार कानुनी कारवाही हुने जानकारी दिए ।

पक्राउ परेका नगर प्रहरी प्रमुख पन्थीलाई गएराति साढे १० बजेतिर वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा लगेर राखिएको वडा प्रहरी प्रमुख प्रहरी निरिक्षक दिनेश रिमालले जानकारी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्