चीनले ताइवानलाई विभिन्‍न मुलुकसँग सम्बन्ध कायम गरेको र कूटनीतिक सहकार्य भएको भन्दै चेतावनी दियाे – Kanika Khabar
Thursday, April 18Nepali News Portal

चीनले ताइवानलाई विभिन्‍न मुलुकसँग सम्बन्ध कायम गरेको र कूटनीतिक सहकार्य भएको भन्दै चेतावनी दियाे

    मा प्रकाशित

एजेन्सी ।
ताइपेइ– चीनले ताइवानलाई विभिन्‍न मुलुकसँग सम्बन्ध कायम गरेको र कूटनीतिक सहकार्य भएको भन्दै चेतावनी दिँदै आएको छ । तर, ताइवानले भने चीनलाई आफू स्वतन्त्रमुलुक भएको र आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ ।
यही कारण ताइपेई र बेइजिङबीच तनाव बढ्दै गइरहेको छ । यस्तो असमानता र तनावका बाबजुद चिनियाँ टेक्नोलोजी कम्पनीले ताइवानमा बनेको कम्प्युटर चिप्स वा सेमीकन्डक्टरको अर्डर बढाएको छ ।

भ्वाइस अफ अमेरिकको एक रिपोर्ट अनुसार ताइवानले जुलाईमा यस वर्षको सेप्टेम्बरदेखि निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । विज्ञहरुले ताइवानको प्रविधि व्यवसायबाट बढेको चिनियाँ मागको परिणाम एकाएक ६ प्रतिशत निर्यात बढेको हो ।
एलिसिया गार्सिया हेरेरो फ्रान्सेली लगानी बैंक नाटिक्सिसका एक प्रमुख एशिया-प्रशान्त अर्थशास्त्री हुन् । उनले भनिन्, “उनीहरुलाई थाहा छ, चिनियाँ कम्पनीहरु अझै पनि कम्तिमा पनि ५ जीको लागि आवश्यक उच्चतम-सेमीकन्डक्टर उत्पादन गर्न सक्षम छैनन् ।” ताइवानले उच्च-स्तरीय सेमीकन्डक्टरहरू बनाउँछ र यस क्षेत्रमा ताइवानको सेमिकन्डक्टरले कब्जा जमाएको छ ।
ताइवान कम्पनीहरुले विश्वका उच्चतम कम्प्युटर चिप्सहरू उत्पादन गर्दछ । तर विगत चार वर्षको अवधिमा ताइवानले कम्पनीहरूलाई चिनियाँ बजारमा कम निर्भर हुन आग्रह गरेको छ ।
दुई देशहरू ७० वर्षभन्दा बढी समयदेखि एक राजनीतिक विवादमा छन् । चिनियाँ व्यवसायहरू परम्परागत रूपमा पछिल्लो टेक्नोलोजीको लागि क्यालिफोर्नियाको सिलिकन भ्यालीमा निर्भर रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्