वासस्थानको व्यवस्थापन नगरी करिडोर निर्माण कार्य थालेकोमा स्थायनीद्वारा विरोध – Kanika Khabar
Friday, April 19Nepali News Portal

वासस्थानको व्यवस्थापन नगरी करिडोर निर्माण कार्य थालेकोमा स्थायनीद्वारा विरोध

    मा प्रकाशित

नारायण वली
मंंसिर १९, रुपन्देही ।

रुपन्देहीका तिन स्थानीय तह बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र तिलोत्तमा नगरपालिकाले विकासको उज्यालो किरण ल्याउन तिनाउ–दानव करिडोरको निर्माण आवश्यक रहेको भन्दै, डिपिआर निर्माण सकिएसँगै शिलान्यास कार्य पनि गरे ।

तर, विडम्वना सो आयोजनाको तामझामका साथ शिलान्यास हुँदा समेत त्यसक्षेत्रका स्थानीयहरुलाई वैकल्पिक स्थानको व्यवस्था गरिएको छैन् । जसका कारण तिनाउ– दानव करिडोरका स्थानीयहरुले आफूहरुलाई उचित बासस्थानको ब्यबस्था नभए, निर्माण कार्य रोकिने आक्रोस पोखेका छन् ।

बुटवल स्थित तिनाउ–दानव नदीलाई आधार बनाएर निर्माण गर्न थालिएको करिडोरका स्थानीयहरुले बुटवलको कैलाशनगरमा भेला भएर बिरोध जनाएका हुन् । स्थानियहरु भन्छन्, हामीले यसविषयमा छलफल गर्नका लागि बुटवल उप–महानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, उप–प्रमुख गोमादेवि आचार्य र सडक डिभिजन कार्यालयका प्रमुख लगायतलाई बाेलायौं, तर कोही पनि आएनन् ।

उक्त भेलामा आए त केवल वडा न.११का वडासदस्य नकुल शाहीले उपस्थिती जनाए, र प्रभावित जनताको गुनासो सुन्दै, जनताको मागलाई पुरा गर्नका लागि आवश्यक जग्गा खोजी कार्य गरिरहेको सुझाए ।

स्थानीयहरुले यदि आफूहरुको मागलाई व्यवास्ता गरी स्थानीय प्रशासनको वल प्रयोग गरी हटाउन खोजिए त्यसको प्रतिकारमा उत्रिने जनाएका छन् । स्थानीय दिपेशराज नेपालले भने, करिडोर निर्माण त हुन थाल्यो, तर यहाँका स्थानीयहरुलाई थाहाँ नै छैन् करिडोरको नक्सा कहाँ पर्छ भनेर ।

तिनाउ–दानव नदीको दायाँबायाँ निर्माण हुने दुई लेनको सडकका लागि त्यहाँ रहेका घर–टहराहरु हटाउने गरी लिखित प्रतिवद्धता जनाएका तीन स्थानीय निकायहरु अहिले व्यवस्थापन बारे कुनै चासो नदेखाएको आरोप लगाएका छन्, भने यता स्थानीय तहका प्रमुखहरुले औपचारिक कार्यक्रममा व्यवस्थापन गर्ने कार्य भैरहेको जनाउँदै आएका छन् ।

करिडोरका लागि ७ सय ५ घर–टहराहरु विस्थापित गर्नुपर्ने सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।
तिनाउ– दानव नदीको वारपार ५० किलोमिटर करिडोर निर्माणका लागि ४५ हेक्टर जमिन आवश्यक पर्ने बताइएको छ ।
वस्ती व्यवस्थापन, खोलाको क्षेत्रफल र सडकको नक्साङ्कन भू–भाग टुङगाउनु पर्ने वारे बुटवल उप–महानगरपालिका, डिभिजन सडक कार्यालय बुटवल र ४ वटा वडा कार्यालयहरुमा ज्ञापनपत्र समेत बुझाएको संघर्ष समितिका अध्यक्ष बावुराम उपाध्यायले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्