कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको शिशु र परिवारका सदस्यहरूको रिपोर्ट नेगेटिभ – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको शिशु र परिवारका सदस्यहरूको रिपोर्ट नेगेटिभ

    मा प्रकाशित

कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशु र परिवारका अन्य सदस्यहरूको कोभिड-१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ देखिएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले बताए।

२९ वर्षीया महिलाको कोरोना संक्रमणका कारणले मृत्यु भएपछि नवजात शिशुसहित चारजनाको नमूना संकलन गरिएको थियो। प्रवक्ता ताम्राकारले रिपोर्ट नेगेटिभ आएसँगै उनीहरूलाई स्थानीय तहको क्वारेन्टाइनमा पठाइने जानकारी दिए। महिलाको मृत्यु भएपछि उनीहरू सबैलाई धुखिले अस्पतालको आइसोलेसनमा राखिएको थियो। १ जेठमा सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि उनको मृत्यु कोरोना संक्रमणका कारणले भएको पुष्टि गरेको थियो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्