मा प्रकाशित
मुगुको सोरु गाउँपालिका– ३ भिई गाउँका सिंगे बुमीले ७१ वर्षको उमेरमा पहिलोपटक नागरिकता लिएका छन् । उनलाई बुधबार जिल्ला प्रशासन कार्यालय मुगुले नेपाली नागरिकताको प्रमाणपत्र दिएको हो ।
००६ साल भदौमा जन्मिएका बुमी गत भदौ महिनामा ७१ वर्ष पूरा भएका छन् । कलिलो उमेरमै ज्याला(मजदुरी गर्न भारत पसेका उनलाई नेपाली भाषा बोल्न आउँदैन । भारतको गडुवालमा करिब ४० वर्ष बिताएका उनलाई आफ्नो पारिवारिक अवस्थाबारे पनि खासै याद नभएको बताउँछन् । नयाँपत्रिकाबाट