
तस्बिरको क्याप्शन,अनुसन्धान जारी रहँदा संयमित हुन प्रहरीले आह्वान गरेको छ
काठमाडौँ । अस्ट्रेलियाको न्यू साउथ वेल्सका प्रेमिअर क्रिस मिन्सले ‘बोन्डाइ बीच’मा भएको बन्दुक हमलामा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये पनि एक जनाको मृत्यु भएको बताए।
ज्यान गुमाउनेहरूमा १० वर्षदेखि ८७ वर्ष उमेर सम्मका मानिसहरू रहेको बताइएको छ। प्रहरी आयुक्त माल लान्यनले आक्रमणकारीहरू ५० र २४ वर्षका बुवा र छोरा भएको बताए।
प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ भने २४ वर्षीय व्यक्तिको अवस्था गम्भीर छ। घटनापछि घटनास्थलमा ड्यूटीमा रहेका प्रहरीहरूसहित ४२ जनालाई अस्पताल लगिएको थियो।
उनको नाममा छ वटा हतियार दर्ता गरिएको छ र बोन्डाइ बीचबाट थप छ थान हतियार बरामद गरिएको छ।
प्रधानमन्त्री र प्रहरीले के भने ?
घटनास्थलमा दुईवटा विस्फोटक पदार्थ पनि फेला परेको थियो जसलाई प्रहरीले निष्क्रिय पारेको छ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजीले भविष्यमा हुन सक्ने आक्रमणहरू रोक्न आवश्यक पर्ने सबै स्रोतहरू परिचालन गरिने बताएका छन्।
उनले अष्ट्रेलियाली समाजबाट यहुदीविरोधी भावनालाई पूर्ण रूपमा उन्मूलन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
उनले पत्रकार सम्मेलनमा भनिन्, “तिनीहरूमध्ये धेरैजसो ड्यूटीमा थिएनन्। उनीहरूले घटनाबारे सुने, आफ्नो बर्दी लगाए, कारमा चढे र बोन्डाइ प्रहरी चौकीतिर लागे किनभने उनीहरूलाई थाहा थियो कि उनीहरूको आवश्यकता त्यहाँ पर्ने छ।”
“यो पत्याउनै गाह्रो अराजक र भयानक दृश्य थियो। राम्रोसँग प्रशिक्षित प्रहरी अधिकारीहरूको लागि पनि,” उनले भने।
लान्यनले ५० वर्षीय बन्दुकधारी बन्दुक क्लबको सदस्या रहेका कारण मनोरञ्जनात्मक शिकारको लागि हतियारको इजाजतपत्र रहेको पाइएको बताए। एनएसडब्ल्यूका प्रिमिअर क्रिस मिन्सले “राज्यको बन्दुक कानूनमा [परिवर्तनको] समय आएको” स्वीकार गरे। तर उनले थप विवरण भने दिएनन्।
“मानिसहरूले पहिले नै त्यो ठाउँमा फूलहरू चढाइरहेका छन् भनेर मैले याद गरेँ। हामी समुदायका सदस्यहरूलाई त्यसो गर्न प्रोत्साहित गर्छौँ,” मिन्सले पत्रकार सम्मेलनमा भने।
प्रधानमन्त्रीले न्यू साउथ वेल्सभरि रक्तदान गर्ने ठाउँहरूमा पहिला कहिल्यै नभएको मानिसहरूको उपस्थिति रक्तदानका लागि भएको भन्दै त्यसको स्वागत गरेका छन्।
“तपाइँ यदि नागरिक कर्तव्यको रूपमा त्यसो गर्न चाहनुहुन्छ भने कृपया धैर्य गर्नुहोस्। यसको हामी एकदमै स्वागत गर्छौँ र यो राम्रो उद्देश्यका लागि हुने छ,” उनले भने। बिबिसीबाट


