घोराही उपमानगरपालिकाका सबै वडाहरुले गरे क्वारेन्टाइनको व्यवस्थापन – Kanika Khabar
Friday, March 29Nepali News Portal

घोराही उपमानगरपालिकाका सबै वडाहरुले गरे क्वारेन्टाइनको व्यवस्थापन

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ५, दाङ ।
घोराही उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालयहरुले क्वारेन्टाइनको व्यवस्थापन गरेका छन् । केही वडाहरुले यसअघि नै क्वारेन्टाइनको व्यवस्थापन गरेर सञ्चालनमा ल्याइसकेका थिए भने अन्य वडा कार्यलायहरुले पनि क्वारेन्टाइन व्यवस्थापन गरेका हुन् । कार्यपालिकाको बैठकले वडा कार्यालयहरुलाई आआफ्ना वडाका मानिस राख्नका लागि क्वारेन्टाइनको व्यवस्थापन गर्न निर्देशन दिएको थियो ।
वडा नं. १ ले वडाभित्र पर्ने सबै सामुदायिक विद्यालयहरुका भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको छ । वडा नं. १ भित्र पाँचवटा सामुदायिक विद्यालय रहेका छन् । वडाध्यक्ष राममणि पाण्डेले भने, ‘‘अहिले ७ जना क्वारेन्टाइमा रहेका छन् र आज अरु थप आउँदै छन् । ’’

वडा नं. २ ले पनि वडाभित्र पर्ने सबै सामुदायिक विद्यालयहरुका भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको छ । वडा नं. २ ले अहिले जनता मावि बुका, सरयू रात्री प्रा.वि.लाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने वडाध्यक्ष केशव आचार्यले जानकारी दिए । जनता मावि बुकाको क्वारेन्टाइनमा अहिले १५ बसेका छन् ।

वडा नं. ३ ले मा.वि. झिङ्नी बञ्झारीको भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने वडाध्यक्ष माधव चौधरीले बताए । आज मात्रै वडा नं. ३ को क्वारेन्टाइनमा १२ जना मानिस म्आउँदै छन् ।

वडा नं. ४ले गोग्ली मावि डाँडागाउँ र आधारभूत विद्यालय सवारीकोटको भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने वडाध्यक्ष भीमबहादुर सार्कीले बताए । अहिले वडा नं. ४ मा ८ जना क्वारेन्टाइनमा बसेका छन् भने आज मात्रै २०÷२५ जना थपिदै छन् ।

वडा नं. ५ ले मावि धर्नाको होस्टेल भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने भएको वडाध्यक्ष विष्णुमणि दाहालले बताए । साथै वडा नंं ५ ले प्रावि भैसापथ्रा, प्रावि डाँगी गाउँ र निमावि दल्जितपुरलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने पनि वडाध्यक्ष दाहालले बताए । अहिले वडा नं. ५ को क्वारेन्टाइनमा ५ जना रहेका छन् ।

वडा नं. ६ ले वडाभित्रका सबै सामुदायिक विद्यालय तथा भवनलाई प्रयोग गर्ने बताएको छ । अहिलृे ४ जना क्वारेन्टाइमा रहेको र तत्कालै २२देखि २५ जना आउन लागेको वडाध्यक्ष रेवबहादुर बुढाथोकीले जानकारी दिए ।

वडा नं. ७ ले श्री मावि सौडियारलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने वडाध्यक्ष खोपिराम चौधरीले बताए ।

वडा नंं ८ ले वडाभित्रका चारवटै सामुदायिक विद्यालयका भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने वडाध्यक्ष चन्द्र प्रकाश चौधरीले बताए । अहिले यस वडामा ४ जना क्वारेन्टाइनमा बसेका छन् ।

वडा नंं ९ ले पनि वडाभित्रका सामुदायिक विद्यालयका भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने वडाध्यक्ष मानबहादुर बस्नेतले बताए । अहिले ३ जना क्वारेन्टाइनमा रहेको आजभालिमा ७ देखि १० जना थपिन लागेको समेत बस्नेतले जानकारी गराए ।

वडा नं. १० ले सिद्ध रत्न नाथ माविको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्दै आएको वडाध्यक्ष चित्र बहादुर डाँगीले बताए । अहिले वडाभित्रका ३ र वडा नंं ९ र १२ का एक एकजना रहेका छन् ।

वडा नंं ११ ले प्रावि शिवपुरको भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने वडाध्यक्ष कुलबहादुर लामिछानेले बताए । अहिले यस वडामा ४ जना क्वारेन्टाइनमा बसेका छन् ।

वडा नं. १२ ले मावि बिजौरीको भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने भएको छ । अहिले यस क्वारेन्टाइनमा २ जना रहेको वडाध्यक्ष राजेन्द्र बुढाले बताए ।

वडा नं. १३ ले प्रावि कलमघारीका भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने भएको छ । आज मात्रै ८ जना मानिस क्वारेन्टाइनमा आउन थालेको वडाध्यक्ष रविलाल घर्तीले जानकारी दिएका छन् ।

वडा नं. १४ ले कल्पु धर्मशाला र शुभ प्रभात माविका भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने निर्णय भएको बडाध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए । यद्यपि कल्पु धर्मशाला व्यवस्थापन समितिले भवन क्वारेन्टाइनका रुपमा उपलब्ध गराउन नसक्ने निर्णय आज गरेको छ ।

वडा नं. १५ ले पद्मोदय पब्लिक नमुना माविको भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरेको वडाध्यक्ष रमेश पाण्डेले बताए । अहिले यस क्वारेन्टाइनमा ४ जना रहेका छन् ।

वडा नं. १६ ले प्रावि सानी अम्वापुरका भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने भएको छ । अहिले ४ जना क्वारेन्टाइनमा बसेको वडाध्यक्ष तारा बहादुर डाँगीले जानकारी दिए ।

वडा नं : १७ ले प्रावि हरिद्वारको भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने भएको वडाध्यक्ष खुशीराम चौधरीले बताए । अहिले ६ जना बसेको र तत्कालै ७ जना आउन लागेका छन् ।

वडा नं. १८ ले निमावि गिठेपानी र निमावि बेलघारीका भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरेको वडाध्यक्ष भरत अर्यालले जानकारी दिएका छन् । अहिले ११ जना क्वारेन्टाइनमा रहेका छन् ।

वडा नंं १९ ले वडाभित्रका सबै सामुदायिक विद्यालयका भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने वडाध्यक्ष हर्कबहादुर घर्तीले बताए । अहिले भगवती मावि र सिद्धार्थ प्राविको भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्दै आएको छ । अहिले काठमाडौँका इँटा भट्टामा काम गर्न गएकालाई क्वारेन्टाइनमा राखिएको छ ।

यसअघि २६ जनालाई क्वारेन्टाइनमा राखी घर पठाएको र अहिले काठमाडौबाटै आएका २८ जना क्वारेन्टाइनमा रहेका छन् । अब भारतबाट आउनेहरु क्वारेन्टाइनमा रहनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्