सरकारले कर्मकाण्ड मात्र पूरा ग¥यो : कोइराला, चोर बाटोबाट एमसीसी लिन खोजिदै छ : रावल – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

सरकारले कर्मकाण्ड मात्र पूरा ग¥यो : कोइराला, चोर बाटोबाट एमसीसी लिन खोजिदै छ : रावल

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ५ , दाङ ।

सरकारले कर्मकाण्ड मात्र पूरा ग¥यो : कोइराला

Time for new leadership in Nepali Congress: Dr Shashank Koirala ...नेपाली कांग्रेसका नेता शशांक कोइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको बताका छन् । जनताको दुःखमा सरकार संवेदनशील हुनुको सट्टा कर्मकाण्डी शैलीमा आफ्नै गुणगान गाउँदै नीति तथा कार्यक्रम आएको उनले बताए ।

नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका अतिक्रमित भूमिका विषयमा नीति तथा कार्यक्रममा उल्लेख हुनु सकारात्मक भए पनि सार्थक र परिणाममूखी वार्ता गरेर उच्चस्तरबाटै समाधान खोज्नुपर्ने उनले बताए ।

सरकारले कोरोना नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको बताए पनि खास योजनाहरु नआएको उनले बताए । दैनिक ज्यालादारीमा काम गर्दै आएका नागरिकको राहत वितरणमा संवेदनशील हुँदै विदेशमा अलपत्र परेका नागरिकलाई सुरक्षित तवरले घर फर्काउन उनले आग्रह गरे ।

CPN leader Rawal condemns govt for its decision to provide Rs 1 ...

चोर बाटोबाट एमसीसी लिन खोजिदै छ : रावल
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) चोर बाटोबाट पारित गर्न खोजिएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै नेता रावलले राष्ट्रहित विपरीतको एमसीसी सम्झौता चोर बाटोबाट पारित गर्न खोजिएको बताएका हुन् । एमसीसी पारित गर्नैपर्ने कांग्रेस सभापतिले दिएको अभिव्यक्तिलाई रावलले महाकाली सन्धिसँग जोडे ।

उनले भने, ‘एमसीसी पछाडिको ढोकाबाट आउन खोजेजस्तो अनुभूत भइरहेको छ । नेपाली कांग्रेसका नेताले भने छिटो पारित गर्नुपर्छ भनेर । उनले महाकाली सन्धिमा पनि त्यस्तै कुरा गरेका थिए । १०÷१० वर्षमा महाकाली सन्धिको पुनरावलोकन हुने भन्ने थियो । न त्यसको पुनरावलोकन भएको छ, न कार्यान्वयन भयो । मैले आशा गर्छु नीति तथा कार्यक्रममा उल्ल्ेख भएका विषय एमसीसी अन्तर्गत हुनेछैनन् । यदि भयो भने त्यो राष्ट्रहित विपरीत हुनेछ । जनताले आवाज उठाउँदै आएको कुराको विपरीत हुनेछ ।’

नेता रावलले अन्तरदेशीय उद्योग धन्दा खोल्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख भए पनि कानु नभएको उल्लेख नभएका कुरा गरेर जनतामा भ्रम सिर्जना गर्न खोजिएको बताउनुभयो । उहाँले जनतालाई दुविधामा पार्ने र आलोचित विषयहरु सरकारले अगाडी नबढाउनेमा विश्वास व्यक्त गरे ।

रावलले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकारले नेपालको सम्पूर्ण भूभाग सहितको नक्सा सार्वजनिक गर्ने कुरा स्वागतयोग्य रहेको बताउनुभयो । विश्वमहामारीबाट जोखिनुपर्ने अवस्थामा राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र सुक्षातर्फ त्यत्तिकै गम्भीर भएर लाग्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्