दक्षिण कोरियामा एकैदिन थपिए ९५० कोरोना संक्रमित – Kanika Khabar
Monday, May 20Nepali News Portal

दक्षिण कोरियामा एकैदिन थपिए ९५० कोरोना संक्रमित

    मा प्रकाशित

एजेन्सी– दक्षिण कोरियामा एकैदिन ९५० कोरोना संक्रमित थपिएका छन् ।

सरकारी अधिकारीले दिएको जानकारीअनुसार दक्षिण कोरियामा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र बढेको छ ।

 

उनीहरुका अनुसार यसअघि दैनिक पाँच सयदेखि छ सयसम्म नयाँ सङ्क्रमित थपिने गरेकोमा शनिबार ९५० संक्रमित थपिएका हुन् ।

कोरिया रोग नियन्त्रण तथा निवारण कार्यालयले महामारी थप फैलिँदै गएकाले उच्च सतर्कता अत्यावश्यक भएकोमा जोड दिएको छ ।

विभिन्न देशमा कोरोनाविरुद्धको खोप प्रयोगमा आइसकेको बेलामा आफ्नो देशमा भने महामारी थप फैलिँदै जानु अतिगम्भीर विषय भएको दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले बताएका छन् ।

महामारी नियन्त्रणका लागि सरकारले सबै शक्ति र संयन्त्र परिचालन गरिरहेको उनले जानकारी दिए ।

रेल स्टेनशनसहित मानिसको अत्यधिक भीडभाड हुने थप १५० ठाउँमा कोरोनाभाइरसको सङ्क्रमण परीक्षण गर्ने केन्द्र स्थापना गरिएको उनको भनाइ छ ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले कतिपय व्यवस्थामा कडाई पनि गरेको छ । सामाजिक दूरी कायम गर्नु पर्ने, भीडभाड गर्न नहुने, मास्क लगाउनु पर्ने लगायतका नियमलाई सरकारले पालना गराउने सक्रियता बढाएको छ ।

रेष्टुरेन्टमा बस्न नपाईने, खाद्य पदार्थ किनबेच मात्रै गर्न पाइने, नौ बजे भित्रमा बन्द गरिसक्नुपर्ने लगायतका नियम पनि कडाइका साथ लागू गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्